Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

आठ वर्षपछि खुल्यो तातोपानी नाका


१५ भदाै, सिन्धुपाल्चोक । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका आजबाट मानिसका लागि दुईतर्फी आउजाउ खुल्ला भएको छ । आयात निर्यात खुले पनि मानिसका लागि आठ वर्षसम्म नाका आउजाउका लागि खुलेको थिएन ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार चिनियाँ अधिकारीले शुक्रबार अर्थात् सेप्टेम्बर १ बाट मानिसका लागि दुवैतर्फी नाका खुल्ने भए अनुसार नाका खुलेको हो । पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पास उपलब्ध गराई आउजाउ खुलेको छ ।

तातोपानी नाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले तिब्बततर्फ पुलबजारसम्म आउजाउ गर्न दिइने जानकारी आएको र बिस्तारै सरकारी पहलमा खासासम्म आउजाउ गर्न दिइने बताए ।

नेपालतर्फका अध्यागमन कार्यालयले सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पासको प्रबन्ध मिलाएको जनाएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पका कारण उक्त नाका पूर्ण रूपमा बन्द हुँदै आएको थियो ।

२०७६ जेठबाट आयातका लागि एकतर्फी आंशिक खुलेको सो नाका कोरोना महामारी, बाढीपहिरो, सडकलगायतका बहानामा बन्द हुँदै र आंशिक खुल्दै आएको थियो । वैशाख १८ गतेबाट आंशिक रूपमा निर्यात खुलेको थियो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?