Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आठ वर्षपछि खुल्यो तातोपानी नाका


१५ भदाै, सिन्धुपाल्चोक । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका आजबाट मानिसका लागि दुईतर्फी आउजाउ खुल्ला भएको छ । आयात निर्यात खुले पनि मानिसका लागि आठ वर्षसम्म नाका आउजाउका लागि खुलेको थिएन ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार चिनियाँ अधिकारीले शुक्रबार अर्थात् सेप्टेम्बर १ बाट मानिसका लागि दुवैतर्फी नाका खुल्ने भए अनुसार नाका खुलेको हो । पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पास उपलब्ध गराई आउजाउ खुलेको छ ।

तातोपानी नाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले तिब्बततर्फ पुलबजारसम्म आउजाउ गर्न दिइने जानकारी आएको र बिस्तारै सरकारी पहलमा खासासम्म आउजाउ गर्न दिइने बताए ।

नेपालतर्फका अध्यागमन कार्यालयले सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पासको प्रबन्ध मिलाएको जनाएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पका कारण उक्त नाका पूर्ण रूपमा बन्द हुँदै आएको थियो ।

२०७६ जेठबाट आयातका लागि एकतर्फी आंशिक खुलेको सो नाका कोरोना महामारी, बाढीपहिरो, सडकलगायतका बहानामा बन्द हुँदै र आंशिक खुल्दै आएको थियो । वैशाख १८ गतेबाट आंशिक रूपमा निर्यात खुलेको थियो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?