Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आज मिति २०८० साल भदाै १४ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल भदाै १४ गते बिहीबार ( Aug 31, 2023 ) पूर्णिमा, श्रावण शुक्लपक्ष

नेपाल सम्बत -११४३
सुर्योदय बिहान – ५:४२ बजे
सुर्यास्त साझ – १८:२४ बजे

नक्षत्र : शतभिषा २०:११ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा
योग : सुकर्मा २०:३० बजेसम्म, त्यसपछी धृति

करण : वव ०७:४९ बजेसम्म, त्यसपछी वालव १८:३६ बजेसम्म, त्यसपछी कौलव ०५:२५ बजेसम्म, त्यसपछी तैतिल

मेष – सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष – समयको सही सदुपयोग गरी विदेशी लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिका लागि लामो दूरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिँदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा थप काम गर्न जागर हराएर जानेछ ।

मिथुन – आम्दानीका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रुपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछि परिने सम्भावना रहेको छ ।

कर्कट – पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

सिंह – लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरूकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउन सकिने भए पनि सरकारी स्तरबाट सहयोग नपाइँदा लागू गर्न सकिने अवस्था रहने छैन ।

कन्या – सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको काम बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ ।

तुला – अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ ।

बृश्चिक – शत्रु तथा प्रतिस्पर्धीहरु आइलाग्ने भए पनि अन्तत तपार्ईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्यसम्बन्धी पुराना समस्या ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ ।

धनु – शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना हुन्न भन्न सकिन्न ।

मकर – आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्‍याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईं आफ्नै कारणले पछि पर्नुहुनेछ ।

कुम्भ – पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्य आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन – बचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरु तपार्ईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?