Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एमालेका शीर्ष नेतालाई बुद्ध एयरले अर्को जहाजमा जनकपुर पुर्यायो


१३ भदौ, जनकपुर । नेकपा (एमाले)का शीर्ष नेताहरु जनकपुर अवतरण पुगेका छन् ।

सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनिहरु पुनः अर्काे जहाजबाट जनकपुर पुगेका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन् ।

एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?