Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पाल्पा दुर्घटना उपडेट : मृतक तीनै जनाको खुल्यो पहिचान


१३ भदाै, पाल्पा । तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?