Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाल्पा दुर्घटना उपडेट : मृतक तीनै जनाको खुल्यो पहिचान


१३ भदाै, पाल्पा । तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो जिप बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?