Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सेनानी पण्डित चार दिनदेखि बेपत्ता


१३ ,भाद्र ,जाजरकोट । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्कमा आएका छैनन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्केका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए ।

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले पनि खोज्न समस्या भएको बताए ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?