Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैको योगदान आवश्यक


१२ ,भाद्र ,काठमाडौँ । धार्मिक एवं राजनीतिक क्षेत्रका व्यक्तित्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैको योगदान हुनुपर्नेमा जोड दिइएको छ ।

विश्व हिन्दू महासङ्घले आज यहाँ आयोजना गरेको प्रवचनमा सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले देवभूमि एवं सीता, बुद्धलगायतको जन्मस्थलका रुपमा रहेको नेपाल प्राचीनकालदेखि नै धार्मिक सहिष्णुतायुक्त देशका रुपमा स्थापित भएको बताए ।

तपस्थलका रुपमा रहेको नेपालमा भ्रष्टाचार र घुसखोरी गर्नेले पनि देशलाई बिगार्न नसक्ने उनको भनाइ थियो ।

संस्कृतिविद् प्रा डा जगमान गुरुङले प्राचीन भारतवर्षीय चरित्र बोकेको देशका रुपमा विश्वमा स्थापित नेपाल समन्वयात्मक अध्यात्मवादका कारण सहिष्णु मुलुकका रुपमा चिनिएको बताए ।

एक सय ३२ समुदायका मानिस बसोबास गर्ने नेपालमा प्राचीनकालदेखि नै रहँदै आएको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्कृतिविद् गुरुङलाई महासङ्घले नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्रकुमार भण्डारी, महासङ्घका उपाध्यक्ष एवं पूर्वमन्त्री दीनबन्धु अर्याल, नेपाल जैन परिषद्का पूर्वअध्यक्ष फूलकुमार, श्रीकृष्ण सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, महासङ्घका सदस्य दिव्यध्वज कार्की, बौद्ध धर्म गुरु शिव औतारी लामा, जनकपुस्थित जानकी मन्दिरका महन्त रामरोशन दासलगायतले सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुतामा रहेको नेपालमा केही विदेशीका इसारामा हुने गरेका सद्भाव खल्बल्याउने काम सफल नहुनेमा जोड दिएका थिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?