Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैको योगदान आवश्यक


१२ ,भाद्र ,काठमाडौँ । धार्मिक एवं राजनीतिक क्षेत्रका व्यक्तित्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैको योगदान हुनुपर्नेमा जोड दिइएको छ ।

विश्व हिन्दू महासङ्घले आज यहाँ आयोजना गरेको प्रवचनमा सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले देवभूमि एवं सीता, बुद्धलगायतको जन्मस्थलका रुपमा रहेको नेपाल प्राचीनकालदेखि नै धार्मिक सहिष्णुतायुक्त देशका रुपमा स्थापित भएको बताए ।

तपस्थलका रुपमा रहेको नेपालमा भ्रष्टाचार र घुसखोरी गर्नेले पनि देशलाई बिगार्न नसक्ने उनको भनाइ थियो ।

संस्कृतिविद् प्रा डा जगमान गुरुङले प्राचीन भारतवर्षीय चरित्र बोकेको देशका रुपमा विश्वमा स्थापित नेपाल समन्वयात्मक अध्यात्मवादका कारण सहिष्णु मुलुकका रुपमा चिनिएको बताए ।

एक सय ३२ समुदायका मानिस बसोबास गर्ने नेपालमा प्राचीनकालदेखि नै रहँदै आएको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्कृतिविद् गुरुङलाई महासङ्घले नेपाल ऋषिको पदवीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष राजेन्द्रकुमार भण्डारी, महासङ्घका उपाध्यक्ष एवं पूर्वमन्त्री दीनबन्धु अर्याल, नेपाल जैन परिषद्का पूर्वअध्यक्ष फूलकुमार, श्रीकृष्ण सेवा समिति नेपालका अध्यक्ष श्यामकृष्ण शर्मा, महासङ्घका सदस्य दिव्यध्वज कार्की, बौद्ध धर्म गुरु शिव औतारी लामा, जनकपुस्थित जानकी मन्दिरका महन्त रामरोशन दासलगायतले सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुतामा रहेको नेपालमा केही विदेशीका इसारामा हुने गरेका सद्भाव खल्बल्याउने काम सफल नहुनेमा जोड दिएका थिए ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?