Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

धरानका मेयर हर्क साम्पाङलाई खुल्लापत्र-‘महत्त्वपूर्ण समय नगरको काममा सदुपयोग गर्नुस,सामाजिक संजालमा होइन !’


नमस्कार नगर प्रमुख ज्यू ,

हजुरले गर्दै आउनु भएको राम्रो कामहरूको तारिफ आफ्नो ठाउँमा छ । देश र जनताले चौतर्फी तारिफ गर्दै आउनु भएको पनि छ तर विगत केही महिना यतादेखि तपाईले सामाजिक सन्जालमा पोस्टहरूको माध्यमबाट समयको बर्बादी गर्ने र आफुलाईनै कमजोर बनाउने आफुलाईनै जनताको अगाडि हलुम बनाउने काम गर्दै आउनु भएको छ, मेयरज्यूलाई प्रथमतः यो सबै नगर्न आग्रह गर्दछु आफ्नो महत्त्वपूर्ण समय बिशेष नगरको काममा सदुपयोग गर्नुहोला सामाजिक संजालमा होइन ।

व्यक्तिगत अपवाद र असंगत पोस्टहरूबारे र सबैलाई हरेक सूचना प्रसारण गर्दा सतर्क रहन पनि अनुरोध गर्दछु।आफ्नो मान सम्मान र प्रतिस्ठालाई जोगाएर राख्न अनुरोध गर्दछु। र सामाजिक संजाललाई कम प्रयोग गरेर यहाँ तल केही नगर योजनाहरू लेखिदिएको छु पढेर केही दिमागमा लगाउन हुन अनुरोध गर्दछु । तपाईंको भलोको लागि तपाईंको शुभचिन्तकको केही सुझावहरू यद्यपि केही गल्ती लेखेको रहेछु भने माफी चाहान्छु।

धन्यवाद ।

स्थानीय विकास: शहरको विकासमा संलग्न योजनाहरूको विवेकपूर्ण र दर्शनीय ढाँचा बनाउने प्रयास गर्नुहोस्।

पर्याप्त पानी व्यवस्थापन: पानीको आपूर्ति र व्यवस्थापनमा सुधार गर्नका लागि कार्ययोजना बनाउनुहोस्।

सार्वजनिक सुरक्षा: सडक सुरक्षा, प्रहरी व्यवस्थापन, औद्योगिक अपराधन नियन्त्रणमा मद्दत गर्नका लागि योजना बनाउनुहोस्।

पर्याप्त शिक्षा: नगरका बच्चाहरूका लागि उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने प्रयास गर्नुहोस्।

स्वास्थ्य सेवा: सुविधाजनक औषधि पहुँच गराउने योजना बनाउनुहोस् र स्वास्थ्य सेवामा सुधार गर्नुहोस्।

पर्याप्त सार्वजनिक परिवहन: सार्वजनिक परिवहनको सुविधा सुनिश्चित गर्नका लागि योजना बनाउनुहोस्।

कल्चरल और आदर्श शहर: स्थानीय संस्कृति, कला, र पर्वहरूको प्रमोट गर्नका लागि कार्यक्रम आयोजना गर्नुहोस्।

मेयरज्यूलाई यी सुझावहरूलाई ध्यानमा राखी योजनाहरू बनाउन हार्दिक अनुरोध गर्दछु।

तपाईं शुभचिन्तक
सन्ध्या (प्रिय नदी)


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?