Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

धरानका मेयर हर्क साम्पाङलाई खुल्लापत्र-‘महत्त्वपूर्ण समय नगरको काममा सदुपयोग गर्नुस,सामाजिक संजालमा होइन !’


नमस्कार नगर प्रमुख ज्यू ,

हजुरले गर्दै आउनु भएको राम्रो कामहरूको तारिफ आफ्नो ठाउँमा छ । देश र जनताले चौतर्फी तारिफ गर्दै आउनु भएको पनि छ तर विगत केही महिना यतादेखि तपाईले सामाजिक सन्जालमा पोस्टहरूको माध्यमबाट समयको बर्बादी गर्ने र आफुलाईनै कमजोर बनाउने आफुलाईनै जनताको अगाडि हलुम बनाउने काम गर्दै आउनु भएको छ, मेयरज्यूलाई प्रथमतः यो सबै नगर्न आग्रह गर्दछु आफ्नो महत्त्वपूर्ण समय बिशेष नगरको काममा सदुपयोग गर्नुहोला सामाजिक संजालमा होइन ।

व्यक्तिगत अपवाद र असंगत पोस्टहरूबारे र सबैलाई हरेक सूचना प्रसारण गर्दा सतर्क रहन पनि अनुरोध गर्दछु।आफ्नो मान सम्मान र प्रतिस्ठालाई जोगाएर राख्न अनुरोध गर्दछु। र सामाजिक संजाललाई कम प्रयोग गरेर यहाँ तल केही नगर योजनाहरू लेखिदिएको छु पढेर केही दिमागमा लगाउन हुन अनुरोध गर्दछु । तपाईंको भलोको लागि तपाईंको शुभचिन्तकको केही सुझावहरू यद्यपि केही गल्ती लेखेको रहेछु भने माफी चाहान्छु।

धन्यवाद ।

स्थानीय विकास: शहरको विकासमा संलग्न योजनाहरूको विवेकपूर्ण र दर्शनीय ढाँचा बनाउने प्रयास गर्नुहोस्।

पर्याप्त पानी व्यवस्थापन: पानीको आपूर्ति र व्यवस्थापनमा सुधार गर्नका लागि कार्ययोजना बनाउनुहोस्।

सार्वजनिक सुरक्षा: सडक सुरक्षा, प्रहरी व्यवस्थापन, औद्योगिक अपराधन नियन्त्रणमा मद्दत गर्नका लागि योजना बनाउनुहोस्।

पर्याप्त शिक्षा: नगरका बच्चाहरूका लागि उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने प्रयास गर्नुहोस्।

स्वास्थ्य सेवा: सुविधाजनक औषधि पहुँच गराउने योजना बनाउनुहोस् र स्वास्थ्य सेवामा सुधार गर्नुहोस्।

पर्याप्त सार्वजनिक परिवहन: सार्वजनिक परिवहनको सुविधा सुनिश्चित गर्नका लागि योजना बनाउनुहोस्।

कल्चरल और आदर्श शहर: स्थानीय संस्कृति, कला, र पर्वहरूको प्रमोट गर्नका लागि कार्यक्रम आयोजना गर्नुहोस्।

मेयरज्यूलाई यी सुझावहरूलाई ध्यानमा राखी योजनाहरू बनाउन हार्दिक अनुरोध गर्दछु।

तपाईं शुभचिन्तक
सन्ध्या (प्रिय नदी)


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?