Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

धनगढी स्वस्तिक हस्पिटल प्रकरण : बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति


१२ भदाै, धनगढी । धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

सो अस्पतालमा पत्थरीको अपरेसन बिग्रेपछि मिर्गौला झिकिएका कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

सोमबार अबेर राति अस्पताल र मृतक पक्षबीच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएको थियो । अस्पतालले क्षतिपूर्तिस्वरुप मृतकका छोरा ज्योतिप्रकाश चौधरीलाई पढाइ खर्च र छोरीको विवाह खर्च दिने भएपछि शव बुझेको मृतकका भतिजा राजकुमार चौधरीले जानकारी दिए ।

मृतकका छोरा ज्योतिप्रकाश चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा यसै वर्षबाट एमबीबीएस अध्ययन गरिरहेका छन् । यसैगरी, घटनाबारे छानबिन गर्ने र चिकित्सकको लापरवाही पुष्टि भएमा दोषीमाथि कारबाही गर्ने सहमति भएको मृतकका भतिजाले बताए ।

भदौ ९ गते सो अस्पतालमा पत्थरीको सल्यक्रिया गरिएका ऐजनलालको सोमबार बिहान मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । बायाँ मिर्गौलामा रहेको पत्थरीको सल्यक्रियापछि उनको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो । रगत बग्नेक्रम नरोकिएपछि चिकित्सकले दोस्रो पटक सल्यक्रिया गरेर चौधरीको मिर्गौला झिकेका थिए । अस्पतालका चिकित्सक डा. जोनस तिवारीले बिरामी चौधरीको शल्यक्रिया गरेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश जोशीले मृतकका परिवारलाई किरियाखर्च बापत २५ हजार रुपियाँ उपलब्ध गराएको बताए । “उहाँहरुको माग एक करोड थियो । त्यसपछि आधा भन्ने थियो” जोशीले भने, “माग धेरै रहेकाले हामीले त्यति दिन नसक्ने भन्यौं । किरिया खर्च दिएका छौं ।” यस्तै, अस्पतालले आन्तरिक जाँचबुझ गर्ने तर चिकित्सकमाथि कारबाही गर्ने भनेर पीडित पक्षसँग सहमति नगरेको दाबी गर्नुभयो ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?