Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

धनगढी स्वस्तिक हस्पिटल प्रकरण : बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति


१२ भदाै, धनगढी । धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

सो अस्पतालमा पत्थरीको अपरेसन बिग्रेपछि मिर्गौला झिकिएका कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

सोमबार अबेर राति अस्पताल र मृतक पक्षबीच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएको थियो । अस्पतालले क्षतिपूर्तिस्वरुप मृतकका छोरा ज्योतिप्रकाश चौधरीलाई पढाइ खर्च र छोरीको विवाह खर्च दिने भएपछि शव बुझेको मृतकका भतिजा राजकुमार चौधरीले जानकारी दिए ।

मृतकका छोरा ज्योतिप्रकाश चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा यसै वर्षबाट एमबीबीएस अध्ययन गरिरहेका छन् । यसैगरी, घटनाबारे छानबिन गर्ने र चिकित्सकको लापरवाही पुष्टि भएमा दोषीमाथि कारबाही गर्ने सहमति भएको मृतकका भतिजाले बताए ।

भदौ ९ गते सो अस्पतालमा पत्थरीको सल्यक्रिया गरिएका ऐजनलालको सोमबार बिहान मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । बायाँ मिर्गौलामा रहेको पत्थरीको सल्यक्रियापछि उनको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो । रगत बग्नेक्रम नरोकिएपछि चिकित्सकले दोस्रो पटक सल्यक्रिया गरेर चौधरीको मिर्गौला झिकेका थिए । अस्पतालका चिकित्सक डा. जोनस तिवारीले बिरामी चौधरीको शल्यक्रिया गरेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश जोशीले मृतकका परिवारलाई किरियाखर्च बापत २५ हजार रुपियाँ उपलब्ध गराएको बताए । “उहाँहरुको माग एक करोड थियो । त्यसपछि आधा भन्ने थियो” जोशीले भने, “माग धेरै रहेकाले हामीले त्यति दिन नसक्ने भन्यौं । किरिया खर्च दिएका छौं ।” यस्तै, अस्पतालले आन्तरिक जाँचबुझ गर्ने तर चिकित्सकमाथि कारबाही गर्ने भनेर पीडित पक्षसँग सहमति नगरेको दाबी गर्नुभयो ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?