Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

घुमेर आउँछु भनेर निस्किएका नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता


११ भदाै, डोल्पा । नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनि भदालेस्थित गुल्म निस्किएका गुल्मपति पण्डित साँझसम्म पनि नफर्किएपछि खोजी कार्य भएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि गुल्मपति पण्डित कतै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

दुई दिनदेखि बेपत्ता पण्डितको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।

बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले उनि सम्पर्कमा नआएकाले खोजी कार्य जारी राखिएको बताए । अङ्गरक्षकलाई समेत नलिएर एक्लै हिँड्नु भएकाले पनि के कामले कता जानुभएको हो भन्ने कुरा जानकारी हुन समस्या भएको प्रजिअ पोखरेलले बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?