Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घुमेर आउँछु भनेर निस्किएका नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता


११ भदाै, डोल्पा । नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनि भदालेस्थित गुल्म निस्किएका गुल्मपति पण्डित साँझसम्म पनि नफर्किएपछि खोजी कार्य भएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि गुल्मपति पण्डित कतै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

दुई दिनदेखि बेपत्ता पण्डितको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।

बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले उनि सम्पर्कमा नआएकाले खोजी कार्य जारी राखिएको बताए । अङ्गरक्षकलाई समेत नलिएर एक्लै हिँड्नु भएकाले पनि के कामले कता जानुभएको हो भन्ने कुरा जानकारी हुन समस्या भएको प्रजिअ पोखरेलले बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?