Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पालिका न्यायिक समितिमा ७ सय उजुरी


११ भदौ, दाङ । दाङका स्थानीय तहका न्यायिक समितिमा पछिल्लो एक वर्षमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷८० मा छ सय ८४ वटा उजुरी परेको जनाइएको छ । कुल उजुरीमध्ये चार सय ७३ वटा फछ्र्योट भएका छन् ।

सबैभन्दा बढी एक सय ३४ वटा उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा परेको छ । साथै सबैभन्दा कम राजपुर गाउँपालिकामा परेको छ । जहाँ १६ वटामात्र उजुरी परेको स्थानीय तहको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २९ उजुरी परेकोमा एक सय एक उजुरी फछ्र्योट भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय ३४ वटा उजुरी परेकोमा ६२ वटा फछ्र्योट भएका छन् । लमही नगरपालिकाको न्यायिक समितिमा गत आवमा ३४ वटा उजुरी परेकोमा २९ वटा मुद्दा फछ्र्योट भएका छन् ।

राप्ती गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ४४ वटा उजुरी परेकोमा सबै फछ्र्योट भएका छन् । गढवा गाउँपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २४ वटा उजुरी परेकोमा एक सय नौ वटा फछ्र्योट भएका छन् ।

राजपुर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा १६ वटा उजुरी परेकोमा नौ वटा मुद्दा फछ्र्योट भएका छन् । बङ्गलाचुली गाउँपालिकामा गत आवमा ३८ वटा उजुरी परेकोमा १५ वटा उजुरी फछ्र्योट भएका छन् ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ५८ वटा उजुरी परेकोमा ५३ वटा उजुरी फछ्र्योट भएका छन् । तर फछ्र्योट भएका उजुरी के कसरी भएका हुन् भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

दङ्गीशरण गाउँपालिकाको न्यायिक समितिमा गत आवमा २६ वटा उजुरी परेकोमा १२ वटा उजुरी फछ्र्योट भएका छन् भने बबई गाउँपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी परेकोमा ३९ वटा फछ्र्योट भएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?