Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै ज्ञानेन्द्र शाहीले दिए पत्रकारलाई धम्की


११ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही  र उनका सहयोगीले पत्रकारलाई धम्क्याएका छन् । उनीहरूले पत्रकारलाई धम्क्याएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

उनीहरूले घरमै गएर शाहीका सहयोगीले नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई धम्क्याएको बताइएको छ । उनीहरूले अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै धम्की दिएका हुन् ।

भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा सांसद शाहीको नाम लिँदै ई जनाले धम्क्याएको महासंघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हरकत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो । पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुर्‍याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?