Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै ज्ञानेन्द्र शाहीले दिए पत्रकारलाई धम्की


११ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही  र उनका सहयोगीले पत्रकारलाई धम्क्याएका छन् । उनीहरूले पत्रकारलाई धम्क्याएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

उनीहरूले घरमै गएर शाहीका सहयोगीले नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई धम्क्याएको बताइएको छ । उनीहरूले अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै धम्की दिएका हुन् ।

भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा सांसद शाहीको नाम लिँदै ई जनाले धम्क्याएको महासंघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हरकत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो । पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुर्‍याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?