Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने


१० भदौ, काठमाडाैँ । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चारगृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

बैठकले सङ्गठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

अब बस्ने पदाधिकारी बैठकले सङ्गठनको आवश्यक विभाग गठन, सल्लाहकार समिति निर्माण, विभागलाई पूर्णता प्रदान गर्ने छ । सङ्गठन सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिएको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।

बैठकमा साङ्गठनिक प्रतिवेदनलगायत मातहतका कमिटीले सम्बन्धित भूगोलमा भए÷गरेका कार्यप्रगतिको समीक्षा गर्दै सङ्गठनको नीति, विधानमा छलफल गरिएको थियो । सङ्गठनले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तथा विभिन्न पुरस्कारको घोषणा गर्ने भएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?