Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल


९ ,भाद्र ,काठमाडौँ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ ।

“परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौँ”, कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गर्नुभएको अपिलमा भनिएको छ, “नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आ-आफ्नो धर्म-संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।”

नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ ।

सामाजिक सद्भाव भड्किँदा निम्तिन सक्ने परिस्थितिको बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय तथा सम्प्रदायलाई सचेत हुन पनि कांग्रेसले आग्रह गरेको छ ।

अहिले देखिएको धार्मिक अस्थिरताको संवेदनशीलतालाई मध्यनजर गरी सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घसंस्था एवं समाजका अग्रज व्यक्ति एक ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपिल गरेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?