Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

डुबेर दुई जनाको मृत्यु


९ ,भाद्र ,खजुरा (बाँके) । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए ।

बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।

पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए ।

मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?