Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अस्पतालले भन्यो – नेपालमा उपचार सम्भव छैन,छिट्टै विदेश लैजानु उपयुक्त


काठमाडौ : किर्तिपुर अस्पतालले नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारीलाई विदेशमा उपचारका लागि सिफारिस गरेको छ । अस्पतालले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।

ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।
भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी थिइन्। उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए। महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।
उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?