Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

चिकित्सक भन्छन- सांसद भण्डारीको २५ प्रतिशत र आमाको ७० प्रतिशत शरिरमा असर,आइसियुमा उपचार जारी


काठमाडौ : नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए। महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ। उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?