Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ओटीटीमा ‘महापुरुष’


९ ,भाद्र ,काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो ।

ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे ।

सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए ।

शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिए ।

“चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ”, अध्यक्ष लामिछानेले भने ।

अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गरे ।

उनले भने, “हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?