Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न निर्देशन


८ ,भाद्र ,काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।

मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे ।

प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।

महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिए ।

मानव बेचबिखन संवेदनशिल विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवा ग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उनले आग्रह गरे ।

सो क्रममा ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्यूरोले गरेका कामकारवाही र प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उनले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?