Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ट्रकको ठक्करबाट एकको मृत्यु


७ ,भाद्र ,सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

श्रीमान्–श्रीमती बजार गएका आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ ।

\ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?