Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ट्रकको ठक्करबाट एकको मृत्यु


७ ,भाद्र ,सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

श्रीमान्–श्रीमती बजार गएका आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ ।

\ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?