Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

एनजीओ फेडेरेसन मोरङको अध्यक्षमा आचार्य


मोरङ: गैर सरकारी संस्था महासंघ नेपाल(एनजीओ फेडेरेसन) जिल्ला शाखा मोरङको अध्यक्षको जिम्मेवारी विष्णु शर्मा आचार्यले पाएकी छन्।

जिल्ला शाखा मोरङको बुधबार विराटनगरमा भएको १८औं वार्षिक साधारण सभाले शर्मालाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो । शर्मा यसअघि कार्यवाहक अध्यक्ष जिम्मेवारीा रहेका थिईन। तीन दशकभन्दा बढि समयदेखि सामाजिक क्षेत्रमा सक्रिय शर्मा एबिसी नेपालकाे केन्द्रिय अध्यक्ष समेत हुन् ।

साधारण सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, जिल्ला समन्व्य समिति मोरङका उपाध्यक्ष उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. १ का अध्यक्ष लखन साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका क्षेत्रमा काम गरिरहेका संघ संस्थाको प्रोफाइल तयार पारेर सार्वजनिक गरिएको थियोे ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?