Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भूमिसम्बन्धी समस्या समाधान सरकारकाे उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ


७ भदाै, काठमाडाैँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएकाे बताएकी छन् । उनले भनिन्,“ नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि  एकता सधैँ आवश्यक हुन्छ । ”

टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व टेकबहादुर साउँदको सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे-जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी हुन् । विसं २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो ।

“टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, मन्त्री श्रेष्ठले भनिन्, “अहिले पनि त्यहीँ घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ । टीकापुरमा  अशान्ति छैन, शान्त छ ।”

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मकरुपमा प्रस्तुत हुन आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् । “हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा  आन्दोलनहरु भए । त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ”, मन्त्री श्रेष्ठ भन्नुभयो, “बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन । एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ ।” राजनीतिक आस्था र विचार फरकफरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताइन् ।

नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट÷थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित  नाबालकको ज्यान गएको थियो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?