Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

चन्द्रयान–३ को सफल अवतरणमा प्रधानमन्त्रीद्वारा भारतलाई बधाई


७ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् ।

उनले हिजो ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन् ।

भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?