Trending
>>   शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन >>   एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस >>   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने >>   नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ? >>   नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री >>   रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा >>   कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः परियार >>   ‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’ >>   कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै >>   ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई


६ ,भाद्र ,काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध गर्योे भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गरे ।

“प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ । हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो । अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो । संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।”

सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए ।

उनले विधेयक प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई अनुरोध गरे ।

एमाले सचिव भट्टराईले काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ सङ्ख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

एमालेले राज्यका कुनै पनि निकायप्रति अविश्वास गर्दैन भन्दै उनले  घटनामा जोडिएका ठूला दोषी व्यक्तिलाई पक्राउ गर्न नसकिएकोप्रति एमालेलाई शङ्का लागेर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको स्पष्ट पारे ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?