Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

आजदेखि तीज मेला सुरु


६ ,भाद्र ,काठमाडौँ । ‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा ‘डिइसिसी’ले विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज तीज मेलाको उद्घाटन गरेको हो ।

आजदेखि यही १० गतेसम्म सञ्चालन हुनेगरी पाँच दिन चल्ने उक्त मेलामा एक सयभन्दा बढी स्टल रहेका छन् ।

तीजका लागि आवश्यक पर्ने सम्पूर्ण सामान र विशेषगरी महिलालाई दैनिक प्रयोगका सामान सस्तो मूल्यमा एकै स्थानमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए ।

उक्त मेलामा सबै स्टल बुकिङ भइसकेका छन् । गैरनाफामूलक संस्थालाई मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइने निर्देशक गुरुङले जानकारी दिए ।

डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङका माता तारादेवी गुरुङले उक्त मेलाको उद्घाटन गर्दै विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न गइरहेको जानकारी दिए ।

कार्यक्रममा माता गुरुङले उद्यमशीलताले मुलुकलाई समृद्धिको मार्गतिर लैजाने बताईन् ।

महिला उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न, एकअर्काको सीप दक्षता आदानप्रदानमा समेत मेलाले टेवा पुर्याउनेमा उनको भनाइ छ ।\

मेलामा नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।

डे टु डे डोर पुरस्कारको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मेला सञ्चालन हुनेछ ।

फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?