Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

फौजदारी अभियोगमा लागेका सांसदको पद निलम्बन नगर्नु कानुनी शासनको उपहास :केन्द्रीय सदस्य महर


काठमाडौ :नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदहरुले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताएका हुन् ।

माननीय सांसदहरुले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु जरुरी छ, नेता महर भन्छन्, लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्वपूर्ण अर्थ रहन्छ ।

जनता सांसद तथा जो कोही पनि कानुनले बराबर ठान्छ तर आज किन दुई खाले व्यवहार गर्न खोजिदैछ ? नेता महरले सांसदहरुलाई प्रश्न गर्दै भनेका छन् ।

एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन् ।

वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधी पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?