Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

फौजदारी अभियोगमा लागेका सांसदको पद निलम्बन नगर्नु कानुनी शासनको उपहास :केन्द्रीय सदस्य महर


काठमाडौ :नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदहरुले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताएका हुन् ।

माननीय सांसदहरुले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु जरुरी छ, नेता महर भन्छन्, लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्वपूर्ण अर्थ रहन्छ ।

जनता सांसद तथा जो कोही पनि कानुनले बराबर ठान्छ तर आज किन दुई खाले व्यवहार गर्न खोजिदैछ ? नेता महरले सांसदहरुलाई प्रश्न गर्दै भनेका छन् ।

एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन् ।

वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधी पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?