Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बूढीनन्दामा सरकारी पूजा गरिने


५ ,भाद्र ,बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलोपटक सरकारीस्तरबाट पूजा गरिने भएको छ ।

आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा हुने गरेको थिएन ।

धार्मिकस्थल बूढीनन्दामा पहिलोपटक जिल्ला प्रशासन कार्यालयबाट पूजाका लागि सरकारी टोली जाने भएको बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जानकारी दिए ।

बडिमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोली जाने भए पनि यो वर्षदेखि बूढीनन्दामा पनि पूजा सामग्रीसहितको सरकारी टोली जाने सर्वपक्षीय बैठकबाट निर्णय भएको नगर प्रमुख बोहराले राससलाई बताए ।

धार्मिकस्थल बूढीनन्दा ओझेलमा राखी बडिमालिकालई मात्रै बढी महत्त्व दिने गरेको हुँदा आफूले यस्तो प्रस्ताव गरेको उनको भनाइ थियोे ।

सरकारी टोली पूजाका लागि आउने भएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने धार्मिक तीर्थस्थल बडिमालिका र बूढीनन्दा मन्दिरमा भक्तजन पुगेर पूजाआजा गर्ने प्रचलन छ ।

जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने भएकाले भक्तजन वर्षे झरीको परवाह नगरी बडिमालिका माताको दर्शन गर्न उक्त क्षेत्रमा पुग्ने गर्दछन् ।

बडिमालिका जानुपूर्व भक्तजनले त्रिवेणीमा स्नान गरी मन्दिर परिसरमा जाने गरेका छन् ।

त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने र पितृ तर्नाका साथै आफूले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको बडिमालिका मन्दिरका पुजारी भोजराज पाध्यायले बताए ।

बडिमालिका माताको दर्शनपछि निःसन्तानले सन्तान पाउने, रोग हट्ने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?