Trending
>>   ४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता >>   दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु >>   सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा >>   सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान >>   टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति >>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह >>   भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन : एमाले >>   मौसम : यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

सदन अवरोध नगर्न राष्ट्रियसभामा आवाज


५ ,भाद्र ,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद्हरूले सदनको गतिरोध लामो समय राखिएकामा चिन्ता व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र जनतालाई सेवा दिने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

बैठकमा दलीय आधारमा समसामयिक विषयमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का सुरेश आलेमगरले सदनमा प्रतिपक्षले मात्रै अवरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताए ।

नेकपा (एमाले) का देवेन्द्र दाहालले एक भारतीय विवादित बाबालाई नेपालमा अनावश्यक सम्मान दिइएको र मन्त्रीहरू नै उनलाई भेट्न होटलमा लाइन लागेर गएको भन्दै विरोध व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रकाश पन्थले प्रमुख प्रतिपक्ष दल सदनमा जिम्मेवारी रुपमा प्रस्तुत भई सरकारलाई जवाफदेही बनाउन पर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) ले सुदूरपश्चिमको भीमदत्त राजमार्गको बुढीतोलामा सडक नराम्ररी भासिएकाले छिटो र प्रभावकारी पुनःनिर्माण गर्न आग्रह गरे ।

एमालेका डा विमला राई पौडेलले ‘कामना’ मासिक पत्रिकाले गाईजात्रा नामक अङ्कमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग महिलाको पाठेघरलाई जोडेर गरिएको व्यङ्ग्यप्रति आपत्ति जनाईन् ।

सांसद् वामदेव गौतमले सदनलाई यसरी अवरोध गर्नै कुरा जनताको बहुदलीय जनवादको विचारसँग मेल नखाने टिप्पणी गरे ।

सांसद् डा खिमलाला देवकोटाले विपक्षीले अवरोध र सरकारले विजनेश नदिएर सदनलाई अर्थहीन बनाउने कोसिस गरिएको धारणा राखे ।

सांसद्हरू शेखरकुमार सिंहले खडेरीमा बिउबिजन नष्ट भएर समस्या भोगेका किसानलाई राहत दिन माग गरे ।

सांसद् तुलप्रसाद विश्वकर्माले विगतमा पनि सुन तस्करीको घटनामा उच्चस्तरीय आयोग गठन भए पनि परिणाम नआएकाले अहिले आयोग गठनकको माग गर्नु सान्दर्भिक नहुने जिकिर गरे ।

सभाका आज अन्य कुनै कारवाही भएन । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ १० गते आइतबार दिउँसो १ः ०१ बजे बस्नेछ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?