Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या


५ भदाै, अछाम । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत अभाव भएको हो ।

दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजआ आएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किएका थिए । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम गरी बाजुरा फर्केपछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साउन ३ गतेदेखि काजमा आएर काम गरिरहेका छन्।

कार्यालयमा २२ कर्मचारीको दरबन्दीमध्ये नौ कर्मचारी रिक्त छन् । दरबन्दीअनुसार एक सहायक प्रमुख जिल्ला अधिकारी र दुई प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । त्यस्तै पाँच नायबसुब्बाको दरबन्दीमा एक जनामात्रै छन् भने तीन खरिदारको दरबन्दीमा दुई र दरबन्दीका दुई कम्प्युटर अपरेटरले करारमा काम गरिरहेका छन् ।

यसअघि दुई प्रशासकीय अधिकृतमध्ये एक दिपेश रिजालको गत २०७९ माघ ४ गते र मीनराज आचार्यको यही जेठ १ गते सरुवा भएको थियो । असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई उक्त कार्यालयमा सरुवा गरेकामा दुवैजना सरुवा भएको महिनौँ पुग्दासमेत हाजिर हुन आएका छैनन् । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?