Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल


५ भदाै, अछाम । अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए ।

अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् ।

दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ । जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनले सुनाए । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?