Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल


५ भदाै, अछाम । अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए ।

अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् । जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् ।

दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ । जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनले सुनाए । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?