Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महाशिवरात्रिमा शङ्कराचार्यको विशेष कार्यक्रम


यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उहाँको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । दैनिक सत्सङ्ग, प्रश्नोत्तरी कार्यक्रम तथा उहाँबाट आशीर्वचन हुनेछ । गरेको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ । यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?