Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

आज मिति २०८० साल भदाै ५ गते मंगलबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल भदाै ५ गते मंगलबार ( Aug 22, 2023 ) षष्ठी, श्रावण शुक्लपक्ष

नेपाल सम्बत -११४३
सुर्योदय बिहान – ०५:३८ बजे
सुर्यास्त साझ – १८:३४ बजे

नक्षत्र : स्वाती ०४:४१ बजेसम्म, त्यसपछी विशाखा
योग : शुक्ल २०:२४ बजेसम्म, त्यसपछी ब्रह्म

करण : कौलव १०:०८ बजेसम्म, त्यसपछी तैतिल २२:१५ बजेसम्म, त्यसपछी गर

मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् ।

वृष – लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ ।

मिथुन – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेलीले माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न ।

कर्कट – यात्राका क्रममा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला ।

सिंह – विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।

कन्या – पढाइ लेखाइमा भनजस्तो प्रगती नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेको छ ।

तुला – समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेको छ । अध्ययन अध्यापनमा समय दिए अनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

वृश्चिक – नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विशेष पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमुलक यात्रा तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोस जाँगर बढेर आउनेछ ।

धनु – समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाझिनेछ ।

मकर – व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ ।

कुम्भ – अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिकक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसाय भने फस्टाएर जानेछ ।

मीन – रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?