Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी निर्वाचित


४ ,भाद्र ,नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् ।

उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् ।

धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरेको वाणिज्य सङ्घका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए ।

दश जना सदस्यमा एउटा प्यानलबाट सात र अर्को प्यानलबाट तीन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चार हजार नौ सय ३३ मतदाता रहेको सङ्घमा चार हजार एक सय ३२ मत खसेको बताइएको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?