Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार संचालनमा


काठमाडौं: अर्गानिक खानाको परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ । प्रमुख अतिथि नेपाल फिल्म सोसाईटीका अध्यक्ष बिशिष्ठ नायक तथा कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा चर्चित कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्माता मोहन कृष्ण श्रेष्ठ, कलाकार राजेश बिशुराल, गायक शंकरलाल श्रेष्ठ, संचारकर्मी तथा कलाकार सुर्य चन्द, निर्देशक बिधान कार्की, नायक संजय खतिवडा लगायतका बिशिष्ठ कलाकारहरु, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।

दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक बाताबरणमा खुलेको “अर्गानिक रेस्ट्रो बार” खानाको पारखीहरुको लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तराष्ट्रिय स्तरको खानाहरुको गन्तब्य बनेको छ। स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ।

बिहान १० बजे देखि रातिको २ बजे सम्म सेवा प्रदान गरिने उक्त अर्गानिक रेस्ट्रो बारमा अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । अर्गानिक तथा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने अर्गानिक रेस्ट्रो बारकि संचालक शितल श्रेष्ठले बताईन। रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ ।

अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका शुद्द अर्गानिक खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ। अर्गानिक चुलो सिनामंगलमा रहेको र ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राखी त्यसको ब्रान्चको रुपमा दरबारमार्गमा खोलिएको युवा व्यवसायी शितल श्रेष्ठ बताउछिन।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?