Trending
>>   दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस >>   संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना >>   अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित >>   मौरिटानियन सिदी औलद ताह अफ्रिकी विकास बैंकको अध्यक्षमा निर्वाचित >>   भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु >>   अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो >>   टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो >>   मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ १७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा


विरगञ्ज:  सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ ईनर्वा बस्ने २५ बर्षिय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको हो ।

बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिर्ईएको हो ।

सशस्त्र प्रहरीले उनको साथबाट १ हजार दरको ७ सय ५० वटा र १ सय दरको ५ सय वटा नोट फेला पारेको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?