Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : मन्त्री ज्वाला


२ ,भाद्र ,सुदूरपश्चिम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए ।

उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो ।

पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ ।

उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । उक्त खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक खण्डको झण्डै चारसय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एकसय मिटर लामो भागमा सडकमा भासिँएको थियो । यो राजमार्गले सुदूरपश्चिम प्रदेशका पहाड र तराईका सबै जिल्लालाई सडक सञ्जालले जोडेको छ ।

मन्त्री ज्वाला नेतृत्वको अनुगमन निरीक्षण टोलीमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसमेत सहभागी थिए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?