Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

श्रीलङ्कामा युनिसेफले १६ लाख बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने


१ भदाै, एजेन्सी । श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कोभिड–१९ महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई उनीहरूको सिकाइमा सहयोग पु¥याउने कार्यक्रम शुरु गरेका छन् ।

श्रीलङ्काका शिक्षामन्त्री सुशिल प्रेमजयन्तले विगत तीन वर्षदेखि लामो समयसम्म विद्यालय बन्द हुनुका साथै छिटपुट रूपमा विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताएका छन् ।

मन्त्रालयले गरेको राष्ट्रिय मूल्याङ्कनअनुसार कक्षा तीन का ८५ प्रतिशत बालबालिकाले साक्षरता र सङ्ख्यात्मकतामा न्यूनतम दक्षता हासिल गर्न सकेका छैनन् ।

श्रीलङ्काले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको चार देखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ ।

प्रेमजयन्तले भने, “शिक्षाका लागि विशेष गरी प्राथमिक कक्षाका लागि राष्ट्रिय बजेट विनियोजन बढाउन तत्काल आवश्यक छ । हामीले बालबालिकाका लागि आधारभूत शिक्षालाई बढावा दिने साथै महत्वपूर्ण शैक्षिक सुधारहरूको कार्यान्वयन सुनिश्चित गर्न र देशको विकासमा सहयोग गर्न आवश्यक ठोस मानव संसाधन कौशल निर्माण गर्न सक्दछौं ।”

जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारहरूको समर्थनको लाभ उठाउन ‘सिकाइ सुधार’ का सम्बन्धमा एक विशेष छलफल आयोजना गरेको थियो । नौ प्रान्तहरूमा भएका अधिक प्राविधिक–स्तरीय कार्यशालाहरूमा देशको प्राथमिक विद्यालयमा पठनपाठन गर्ने बालबालिकाको शैक्षिक अवस्थाबारे लेखाजोखा गरिएको थियो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?