Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

श्रीलङ्कामा युनिसेफले १६ लाख बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने


१ भदाै, एजेन्सी । श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कोभिड–१९ महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई उनीहरूको सिकाइमा सहयोग पु¥याउने कार्यक्रम शुरु गरेका छन् ।

श्रीलङ्काका शिक्षामन्त्री सुशिल प्रेमजयन्तले विगत तीन वर्षदेखि लामो समयसम्म विद्यालय बन्द हुनुका साथै छिटपुट रूपमा विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताएका छन् ।

मन्त्रालयले गरेको राष्ट्रिय मूल्याङ्कनअनुसार कक्षा तीन का ८५ प्रतिशत बालबालिकाले साक्षरता र सङ्ख्यात्मकतामा न्यूनतम दक्षता हासिल गर्न सकेका छैनन् ।

श्रीलङ्काले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको चार देखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ ।

प्रेमजयन्तले भने, “शिक्षाका लागि विशेष गरी प्राथमिक कक्षाका लागि राष्ट्रिय बजेट विनियोजन बढाउन तत्काल आवश्यक छ । हामीले बालबालिकाका लागि आधारभूत शिक्षालाई बढावा दिने साथै महत्वपूर्ण शैक्षिक सुधारहरूको कार्यान्वयन सुनिश्चित गर्न र देशको विकासमा सहयोग गर्न आवश्यक ठोस मानव संसाधन कौशल निर्माण गर्न सक्दछौं ।”

जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारहरूको समर्थनको लाभ उठाउन ‘सिकाइ सुधार’ का सम्बन्धमा एक विशेष छलफल आयोजना गरेको थियो । नौ प्रान्तहरूमा भएका अधिक प्राविधिक–स्तरीय कार्यशालाहरूमा देशको प्राथमिक विद्यालयमा पठनपाठन गर्ने बालबालिकाको शैक्षिक अवस्थाबारे लेखाजोखा गरिएको थियो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?