Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी


३२ ,श्रावण ,काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

यसका लागि प्रस्तावको मस्यौदा तयार गरी विभागबाट मन्त्रालयमा पेश गरिएको छ ।

कृषिमन्त्री डा वेदुराम भुसालले हालैको आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ निःशुल्क उपलब्ध गराउन समन्वय भएको जानकारी गराए ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले भने, “यसका लागि निरन्तर पहल भइरहेको छ, आगामी दिनमा पनि लिम्पी स्किन रोगको सङ्क्रमण फैलिन नदिन मुलुकभित्रै आवश्यक मात्रामा खोप उत्पादन गर्ने तयारीमा लागेका छौँ ।”

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद्लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकसमेतको उपस्थितिमा यस रोग नियन्त्रणका लागि लम्पी स्किन (निसिङ स्ट्रेन) खोपको अतिरिक्त ‘गोट पक्स’ खोप आयात र प्रयोग गर्न सहमति दिइएको छ ।

“राष्ट्रव्यापी रूपमा बृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिएको छ”, मन्त्री डा भुसालले भने ।

हाल जोर्डन, तान्जानियाँ र टर्कीबाट विभिन्न पैठारीकर्ताहरूले यसको खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि पशु सेवा विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिने प्रक्रियालाई सुचारू गराइएको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?