Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो


३० ,श्रावण ,मुगु । मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

सोमबार अपराह्न ४ बजे भएको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भए पनि अस्पतालमा सिटिस्क्यानलगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकलाई कठिनाइ भएपछि घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

वर्षाको पानीले कर्णाली राजमार्गअन्तर्गत गोठी जिउँला–गमगढी सडकखण्डको ठाउँठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउँसो सञ्चालनमा नरहेकाले घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाका सङ्घीय सांसद ऐनबहादुर शाहीले जानकारी दिए ।

जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट आज जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोही पत्र आफूले गृह मन्त्रालय, सङ्घीय सांसद, प्रदेशसभा सदस्यलाई आवश्यक पहलका लागि पठाएको र उनिहरूको पहलमा घाइतेको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।

घाइतेको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको टाउको चोट कतिको छ भन्ने थाहा नभएको जिल्ला अस्पातल मुगुका डा नहकुल शाहीले बताए ।

उनका अनुसार टाउको ‘सपोर्ट’ का लागि आवश्यक सरभाइकल कोलर र स्पाइलल ब्याक सपोर्ट नहुँदा कार्टुनको प्रयोग गरेर भए पनि उपचार गरिएको थियो ।

सोमबार भएको जीप दुर्घटनामा सवार नौ जनामध्ये हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

दुर्घटनामा मुगु सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए ।

सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न ४ बजे दुर्घटना भएको थियो ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?