Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी


३० श्रावण, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । उनले भने, “म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाईँहरू पनि आ–आफ्नो स्थानबाट लाग्नुहोस् ।”

नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालगन्जको डुबान समस्या र बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले सबै जातजाति, भाषाभाषीको उत्थानका लागि बजेट विनियोजन गरेको जानकारी गराउँदै भने, “यहाँका चिडिमार, मगन्तालगायतका लोपोन्मुख जातजाति र समुदायका लागि पनि प्रदेश सरकारले बजेट विनियोजिन गरेको छ, बजेट कार्यान्वयनका लागि आवश्यक पहल गर्नुहोला ।”

मुख्यमन्त्री चौधरीले भने, “म तपाईँहरूभन्दा बाहिर छैन, बाँके जिल्ला र समग्र प्रदेशको विकासका लागि के गर्दा राम्रो हुन्छ, तपाईँहरूले दिएको सुझावलाई मैले कार्यान्वयन गर्नेछु ।”

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके जिल्लामा हुने गरेको डुबान तथा कटान न्यूनीकरणमा विशेष पहल गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए । मुख्यमन्त्री चौधरी सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आयोजना भएको महाआरतीमा सहभागी भएका थिए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?