Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

खोलाले बगाउँदा महिला बेपत्ता


३० ,श्रावण ,बाजुरा । जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा हिजो एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए ।

उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनि बेपत्ता भएकी हुन् ।

खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?