Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु


३० ,श्रावण ,सिमकोट (हुम्ला) । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो ।

मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए । प्रनाउ बस्नेतले भने, “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ ।

उक्त जिपमा चालकसहित नौ यात्रु रहेका बताइएको छ । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?