Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

युवा सङ्घको अधिवेशनबारे छानबिन समिति


२९ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा सङ्घको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उनले बताए ।

पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताए ।

समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ । सुन तस्करका सम्बन्धमा उच्चस्तरीय समिति गठन यस्तै बैठकले सुन तस्करका सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन बन्नुपर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

“जतिदिन ढिलो हुँदैछ । त्यति नै प्रमाण नष्ट हुने गरेको छ । सिआइवीले गोदाम खान तलास गर्दछ । त्यहाँ कारखाना भेटिन्छु तर सुन भेटिँदैन । मान्छेहरु प्रहार भएका छन् । प्रमाण नष्ट हुने स्थिति बन्दै गइरहेको हुनाले उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्दछ”, उनले भने, “जरैसम्म पुगेर यो विषयलाई निर्मूल गरिनुपर्दछ ।”

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्कर भइरहेको भन्दै उहाँले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ ।

सरकारले सुन तस्करमा छानबिन गर्न आलटाल गरिरहेको भन्दै उच्चस्तरीय छानबिनको माग राख्ने सांसदलाई थुनामा राख्नेजस्ता कार्यले गरिरहेको उनले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करमा नाम किटान गरेको अवस्थामा पनि सरकारले छानबिनको दायरामा नल्याउने, दबाब र प्रवाहको आधारमा मात्र छानबिन गरिरहेको उमहासचिव ज्ञवालीले बताए ।

बैठकले एमालेले बाढीपहिराले गर्दा क्षति भएको र उक्त क्षतिका सम्बन्धमा तत्काल पीडितलाई रातह उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

उनले सरकारले उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नसमेत माग गर्नुभयो ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?