Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो


२९ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ ।

ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताए । उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए । सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?