Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बर्दियाका दुई सय बढी घर डुबान


२९ ,श्रावण ,बर्दिया । बर्दियामा हिजो बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ ।

यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय २० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?