Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पिसाब फेर्न गएका पुरूष चिप्लिएर नदीमा बेपत्ता


२८ श्रावण, दाङ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिएका छन् ।

उनका अनुसार घर नजिकै रहेको पत्रे खोलाले विकलाई बिहान ८ः३० बजेतिर बगाएको थियो । प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘‘घरमा शौचालय नभएका कारण पिसाब फेर्न सधैँ खोला जाने गरेका थिए, त्यही क्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ । अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’’

बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?