Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला


२७ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे ।

“नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन”, उनले भने, “पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।”

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए । “सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ”, उनले भने ।

पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए । मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उनको भनाइ थियो ।

सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उनको भनाइ थियो । संविधानविद् डा भीमार्जुन आचार्यले पछिल्लो समय राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमाथिको काम कारबाहीको निष्पक्षतामा प्रश्न उठ्न थालेको बताए ।

उनले संविधानमा न्यायपालिकालाई स्वतन्त्ररूपमा राखिए पनि न्यायालयमा जाने पात्र राजनीतिक दलबाट जाँदा न्याय सम्पादनमा समेत प्रश्न उठाउन सकिने अवस्था आएको बताए ।

“राजनीतिक दलको लेटरहेडमा न्यायाधीश नियुक्तिको लागि सिफारिस पठाउँदा न्यायालय कसरी स्वतन्त्र हुनसक्छ”, उहाँले प्रश्न गरे । शक्ति प्रदर्शन गर्ने निकाय भ्रष्ट हुँदा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रेवती भुसालले लोकतन्त्रलाई बलियो बनाउन सकेमात्र मुलुकमा सुशासन कायम हुनसक्ने बताईन् । “सुशासन राजनीतिबाट सुरु हुन्छ, राजनीतिक राम्रो भयो भने कर्मचारी र अन्य निकायमा सुशासन कायम हुनसक्छ”, उनले भनिन् ।

सरकारले गरेको कामको स्वच्छता, पारदर्शिता, जवाफदेही र उत्तरदायी भएमात्र सुशासन कायम हुने बताईन् । “समाज सुधारका लागि चेतनशील व्यक्तिहरू सङ्गठित हुन जरुरी छ, सचेत जनमानस सङ्गठित भएरमात्र सुशासन कायम हुन्छ”, उनले भनिन् ।

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले नेपाली राजनीतिमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको योगदान महत्त्वपूर्ण रहेको बताए ।

सुशील कोइरालाले बोकेका विचार र उनको जीवनीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि फाउन्डेसनले काम गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?