Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना


२५ ,श्रावण ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाका माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् ।

नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको ‘क्रस कन्ट्री आर्ट एक्जिविसन’को काठमाडौँमा हिजो उद्घाटन गर्दै उनले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखे ।

कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधताअनुसार नै कलाकृतिमा पनि विविधता रहेको बताए । “एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्त्व छ”, उनले भने ।

अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बङ्गलादेश, पेरु र स्पेन गरी छ देशका ११ जना कलाकारले तयार पारेका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी हुकुम दरबार कमलपोखरीमा तीन दिनसम्म चल्नेछ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?