Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का


२४ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नु पर्ने बताएका छन् ।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९- ८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई संवोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री खड्काले भने “ समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइदैन” कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभुति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए ।
विकाश निर्माणका काम गर्न होस वा जनतालाइ दिनु पर्ने दैनिक सेवा प्रभाव संवन्धी विषय होस, निर्णय प्रकृयामा निकै ठुलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नु पर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाइ के गर्ने भन्ने विषयमा समेत निर्णयगर्न उच्च सरकारी अधिकारीहरुलाइ निर्देशन दिए ।
कुनैपनि सरकारी काममा ढिला सुस्ती नगर्न निर्देशन दिदै खड्काले भन्नु भयो “ निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो। हामी मलिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस्”

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?