Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

जाडो छल्न आइपुगे विदेशबाट चरा


जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताउनुभयो । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उहाँले बताउनुभयो । विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताउनुभयो । यसले गर्दा नारायणी नदी क्षेत्रको वातावरण रमाइलो बनेको उहाँले बताउनुभयो । हाँस प्रजातिका जलपक्षी अहिले नारायणी नदी क्षेत्र ढाकिएको उहाँले बताउनुभयो । यसले यस क्षेत्र रमणीय बनेको संयोजक चौधरीले बताउनुभयो ।

“अहिले धेरैजसो विभिन्न देशका चरा जाडो छल्न यस क्षेत्रमा आइसकेका छन्, नदी आसपासका क्षेत्रमा जलपक्षी प्रजातिका चराले रमणीय बनाएको छ”, चौधरीले भन्नुभयो । विशेषगरी पानीमा रहने चरा यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आइपुगेको उहाँले बताउनुभयो । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेका छन् । आन्तरिकरूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताउनुभयो । चिसो धेरै बढेपछि जाडो छल्न र आहारका लागि विभिन्न देशबाट चरा यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो । “चिसो अत्यधिक बढेपछि क्रमशः यस क्षेत्रमा बसाइँसराइ गरी चरा आउने गर्छन्, जाडो छल्न र आहाराको खोजीका लागि चराहरूले लामो दूरी पार गरी नेपाल आउने गरेका छन्”, चौधरीले भन्नुभयो ।

नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने उहाँले बताउनुभयो । सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चरा आउने क्रम रहने संयोजक चौधरीले बताउनुभयो । जाडो मौसमभरि यहाँ रहने चरा फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो बासस्थानमा फर्किन सुरु गर्ने उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपक्षी गणनाको कार्यक्रम अबको केही दिनपछि गरिने उहाँले बताउनुभयो । गत वर्ष यसै समयमा गरिएको चरा गणनामा नवलपुरको नारायणी नदी र यसको छेउछाउका क्षेत्रमा ३८ प्रजातिका जलपक्षी फेला परेको उहाँले बताउनुभयो । प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहुँदा यस क्षेत्रमा चराको सङ्ख्या र प्रजाति भने कमी हुँदै गएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?