Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

प्रमुख दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, आजै फेरी बस्ने


२२ श्रावण, काठमाडाैँ । संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए ।

सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले सोमबार बिहान सभामुख घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको जानकारी दिए । सञ्चार विज्ञ अधिकारीका अनुसार आजै अपराह्न पुनः बस्नेगरी बैठक सकिएको हो ।

शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा सहभागी छन् ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । त्यसपछिका दुई वटा बैठक बोलाइए पनि सूचना टाँसेर स्थगित भएको थियो ।

त्यस्तै, आज सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न सकेको छैन भने राष्ट्रिय सभा बैठक साउन २४ गतेसम्मका लागि स्थगित भइसकेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?